
दरौँदी : गएराती गोरखाको च्याङ्लीमा खुकुरी प्रहार गरी महिलाको हत्या गरिएको छ ।
मध्यरात १२ बजे पालुङ्टार नगरपालिका ७ पुर्नेपिपलस्थित आफ्नै घरभित्र अपरिचित ब्यक्तिको खुकुरी प्रहारबाट २८ बर्षकी रश्मि कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना भएलगत्तै डुम्रेस्थित लक्ष्मी सामुदायिक अस्पतलामा सामान्य उपचारपछि राती दुईबजे दमौली अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अस्थायी प्रहरी पोस्ट बिरुवाटार र ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
मोबाइल एसएमएस चेक गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको तर उनी राती नै फरार भइसकेको प्रहरीले जनाएको छ ।
