नागढुंगा–थानकोट खण्डमा पहिरो

Deurali Darshan Media
Deurali Darshan Media 23 Views 0 Min Read

काठमाडौं :- काठमाडौंको नागढुंगा–थानकोट खण्डमा पहिरो गएको छ । पहिरोले सडकको एउटा लेन पूरै बन्द भएको छ ।लेदोमाटोसहित खसेको पहिरो पन्छाउने काम यो समाचार तयार पार्दासम्म सुरु नै भएको छैन ।

नागढुंगा चेकपोइण्टमै पनि पहिरो खसेको छ । पहिरो जान थालेपछि काठमाडौं भित्रिने सवारी साधन चेकिङ गर्ने प्रहरीहरु ठाउँ सरेका छन् ।

अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ ।