अनेरास्ववियु सिद्धार्थ गौतम बुद्धदृरा संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 64 Views 1 Min Read

बुटवल :- ८ औँ संविधान दिवसको अवसरमा  अनेरास्ववियु सिद्धार्थ गौतम बुद्ध क्याम्पसको आयोजनामा संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

संविधान दिवस वास्तवमै एउटा उत्सव हो । कतिसम्म भने दशैं भन्दा ठूलो, इद भन्दा ठूलो, क्रिसमस भन्दा ठूलो । यही भावनालाई बुझेर कमिटीले संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहँदा अनेरास्ववियु क्याम्पस कमिटीले पनि दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।

अनेरास्ववियु सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटिको आयोजनमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सिद्धार्थ गौतम बुद्ध क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्मा को अतिथि, विशिष्ठ अथिति क. चिरन अर्याल, लक्ष्मण पन्त त्यसै गरी अनेरास्ववियु सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटी अध्यक्ष क. बिजय बोहरा उपाध्यक्ष क. टेकेन्द्र खड्का, क. अर्जुन भुसाल लगाएत क्याम्पस कमिटी सदस्यहरू को उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भयको छ।

अनेरास्ववियु सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटीले बिहिवार साँझ दिप प्रज्वलन गरेको क्याम्पस कमिटि उपाध्यक्ष अर्जुन भुसालले जानकारी दिए ।