संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप प्रज्वलन

Deurali Darshan Media
Deurali Darshan Media 29 Views 2 Min Read

पाेखरा । ८ औँ संविधान दिवसको अवसरमा अनेरास्ववियु(क्रान्तिकारी) पिएन क्याम्पसको आयोजनामा संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

दीप प्रज्वलन गर्दै अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश उपाध्यक्ष सुभद्रा खड्का संविधानको अक्षरशः पालना हुनुपर्नेमा जोड दिइन । संविधानको पूर्ण रूपमा कार्यान्वयन नहुँदा संविधान माथि नै प्रश्न उठेको उनले बताइन । संसारकै उत्कृष्ट संविधान भएको कारण संविधानको पूर्ण रूपमा कार्यान्वयन गर्नको विकल्प नरहेको बताइन ।

अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा पृथ्वीनारायण क्याम्पसका इन्चार्ज सुजन सापकोटाले  जनयुद्धको जगमा भएको जनआन्दोलन नै नयाँ संविधान प्राप्तिका मूल आधार रहेको बताए ।

उनले जनयुद्धले नै निरङ्कुश राजतन्त्रात्मक संविधानको चिहानमाथि नयाँ स‌घिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेखिएको स्पष्ट पारे । संविधानमा सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, समानता र जनताका मौलिक हक अधिकारको सुनिश्चितता भएको तर कार्यान्वयन र संस्थागत हुन नसक्दा संविधान माथि नै प्रश्न उठेको बताए ।

दलित, जनजाति,आदिवासी,महिला,मधेसी, मुस्लिम र उत्पीडित जनसमुदायको अधिकार माथि राजतन्त्रले अङ्कुश लगाएको तर अहिलेको संविधानमा पूर्ण हक अधिकार सुनिश्चित भएको उनले बताए ।

प्रतिक्रियावादीलाई र राजतन्त्रको दास मनोवृत्ति भएकाहरूलाई नेपाली जनता स्वाधीन र अधिकार सम्पन्न भएको मन परेको छैन उनीहरू जनताको संविधान च्यात्न र जलाउन लागिपरेका छन् त्यसैले त्यस्ता प्रतिगामी तत्त्वहरूलाई निस्तेज पार्ने शक्ति क्रान्तिकारी सँग रहेको र त्यसको लागि तयार रहन सम्पूर्ण प्रगतिशील क्रान्तिकारीलाई अपिल गरे ।

नेरास्ववियु९क्रान्तिकारी० पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष काशीराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सचिव सञ्जय जैसी, काेषध्यक्ष रामजी आचार्य कास्की जिल्ला  उपाध्यक्ष सुमन सुबेदी, सुदर्शन पराजुली लगायतका उपस्थित थिए ।