
बुटवल:-लियाे क्लब अफ बुटवल सेन्ट्रलद्वारा लियो अभिमुखीकरण तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
लियाे क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लियो जीवन शर्माकाे अध्यक्षता, लियो डिष्ट्रिक काउन्सिल ३२५’पि’ का डिष्ट्रिक प्रेसिडेन्ट लियो श्रद्धा कुवरको प्रमुख आतिथ्यता, लायन्स डिस्ट्रीक ३२५’पि’, जोन २४ का जोन चेयरपर्सन लायन जे. डी. वारसीकाे विशेष आतिथ्यता, बुटवल सेन्ट्रल लायन्स क्लबका अध्यक्ष लायन उत्तम अर्याल, आई. पि. पि. लायन बल बहादुर गोदार, लायन्स क्लबका पुर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, लियो डिष्ट्रिक काउन्सिल ३२५’पि’ का डिष्ट्रिक सेक्रेटरी लियो सुमन पाैडेल, एरिया ‘ए’ का चिफ लियो सुनिल कुवर, एरिया ‘ए’ का को–चिफ लियो बिकास टन्डन, बुटवल सेन्ट्रल लियो क्लबका पुर्व अध्यक्षहरु, पदाधिकारी, सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

ठिक १ बजे होटल एभरेष्ट इनको सभाहलमा आयोजित “लियो अभिमुखिकरण” कार्यक्रममा लियो डिस्ट्रीक काउन्सिल ३२५’पि’ का डिष्ट्रिक सेक्रेटरी लियो सुमन पाैडेलले लियाे तथा लायन्सको इतिहास, नेपालमा लायन्सको बिकास, यसका कार्यक्षेत्र, लियोमा आबद्ध हुनुको फाइदा जस्ता बिषयमा अभिमुखीकरण तालिम प्रदान गर्नु भएको थियाे ।लियो अभिमुखिकरण कार्यक्रम लियो क्लबका उपाध्यक्ष लियो माेहित थापाको संयोजकत्व तथा सञ्चालनमा सम्पन्न भएको थियो ।
लियो अभिमुखीकरण तालिम संचालन गरि लियो बारे सबैलाइ दिक्षित गर्नु भएकोमा प्रमुख अतिथीले आयोजकलाइ बधाइ दिनुहुँदै तिज मिलन कार्यक्रम आयोजना गरेकोमा खुसी ब्यक्त गर्नु भयो ।आफ्ना उत्कृष्ट कार्यहरुबाट लियो बुटवल सेन्ट्रलले डिष्ट्रिकमा छुटै छाप छोड्न सफल भएकाे पनि प्रमुख अतिथिले बताउनु भयो ।
बिशिस्ट अतिथिको रुपमा बोल्नुहुँदै जोन चेयरपर्सन लायन जे. डि. वारसीले लियो क्लबले गर्ने हरेक कार्यक्रममा जोनको तर्फबाट पुर्ण सहयोग रहने बताउनु भयो ।
आगामी दिनका सबै कार्यक्रमहरुमा लियोसङ्ग हातेमालो गरि अगाडि बढ्ने लायन्स अध्यक्ष उत्तम अर्यालले बताउनु भयाे ।
दिउँसो ३ बजेदेखी सुरु भएको तिज मिलन कार्यक्रममा आउदै गरेकाे नेपाली नारिहरुकाे महान चाड तिजकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान, नाचगान तथा दर खाने कार्यक्रम सम्पन्न गरि मनाइएको थियाे ।
लियो गोमा भट्टराईको संयोजकत्व तथा स्वागत मन्तव्यमा तिज मिलन कार्यक्रम सम्पन्न भएको थियो ।
लियो अध्यक्षले कार्यक्रम सफल पार्न गर्नुभएको साथ सहयोग र उपस्थितिको लागि सबैलाइ धन्यवाद ब्यक्त गर्नु भयो ।
