
- भाद्र १५ साेलुखुम्बु
- िड१ल्ली शर्मा
- ७औ अन्तराष्ट्रिय पुस्तकालय दिबसको अबसरमा चेतना बिस्तार पुस्तकालयले मौलिक संगिनी गीत प्रतियोगिता तथा खुल्ला बतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।निरंतर शिक्षाकालागी पुस्तकालय भन्ने मुल नाराका साथ पुस्तकालय दिबसको अबसरमा उतm कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वार्ड नं ४मा रहेको सो पुस्तकालयको स्थापना आज भन्दा १४ बर्ष अगाडी भएको हो ।आफ्नै भवनमा ई लाईब्रेरकिो स्थापना गर्ने उदेश्यका साथ स्थापना गरिएको उतm पुस्तकालयमा हाल सम्म बिभिन्न बिधाका ११हजार पुस्तक रहेको चेतना बिस्तार पुस्तकालयका अध्यक्ष छबिलाल बास्तोलाले बताउनु भयो ।
बिद्यालय शिक्षामा निश्चिीत पाठ्यक्रममा सिमित हुनेपर्ने बाध्यताको अन्त्य तथा बिभिन्न धार्मीक, नैतिक तथा ब्यबसायीक सीपकालागी मात्र नभई सामाजीक परिबेश र आबश्यताको पहिचानका लागी प्रत्येक स्थानीय तहमा एक स्थानीय तह एक पुस्तकालयको अबधारणा सरकारले राखेको भएपनि धेरैजसो स्थानीय तहको हेराइृबाट पुस्तकालय टाढा रहेको पाईन्छ ।
समााज रुपान्तरणका लागी पुस्तकालयले महत्वपूर्ण भुमिका खेल्न सक्ने भएकोले पुस्तकालयको जगेर्ना र बिकाशकालागी सबैको त्यसतर्फ ध्यान जानु पर्ने बताउनु हुन्छ चेतना बिस्तार युवा परिवारका अध्यक्ष जगन्नाथ बास्तोला ।
हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीजको पुर्बसंन्ध्यामा आज आयोजना गरिएको मौलिक संगीनी गीत प्रतियोगीतामा जम्मा बाह्र टिमको सहभागीता रहेको थियो ।नेचासल्यान गाउँपालिका अध्यक्ष धनजनराईको प्रमुख आतिथ्यतामा चेतना बिस्तार युवा परिवारको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख राईले पुस्तकालय साझा चौतारी भएकोले यसको संरक्षण र सम्बर्धनमा सबैको ध्यान जानु पर्ने बताउनु भयो । वहाले भन्नु भयो श्रोत सिमित हुन्छ तर आबश्यकता असिमित हुन्छन् त्यसैले सबैका चाहना पुरागर्न समस्या हुने गर्छ ।
१७औं अन्तर्राष्ट्रिय पुस्तकालय दिबसको अबसरमा आज आयोजित संगिनी गीत प्रतियोगितामा कृयाशिल महिला समुह नेचासल्यान ३ प्रथम, कालिका देबी समुह नेचासल्यान ३ दितिय ,भेडीखोर महिला बचत तथा ऋण सहकारी संस्था नेचासल्यान २ तृतीय तथा भदौरे महिला समुहले सान्त्वना स्थान प्राप्त गरेका छन्। त्यसैगरि निरंतर शिक्षाकालागी पुस्तकालय शिर्षकमा भएको खुल्ला बतृत्वकला प्रतियोगितामा सबिता कटेल प्रथम गरिमा फुयल दितीय र केनु ढुंगेलले तृतीय स्थान हाँसिल गरेका छन् । संगिनी गीत प्रतियोगीता तथा बतृत्वकला प्रतियोगितामा स्थान हाँसिल गर्ने प्रतियोगीहरुलाई नगद तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।