गायिका लक्ष्मी गीरीकाे मौलिक तीज गीत “ तिज आयाे बरिलै ” सार्वजनिक

Deurali Darshan Media
Deurali Darshan Media 2.9k Views 1 Min Read

काठमाडौं । सुमन राईकाे शब्दमा ‘तिज आयाे बरिलै’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा लक्षमी गीरीको स्वर रहेको छ ।

सन्ताेष प्रगाढको लय तथा संगीत संयोजन रहेको यस गीतको भिडियोमा अम्बिका राई (अन्जु), सुनिता पन्त, रश्मी राई, अभिनय रहेको छ ।

यस भिडियोको निर्माण, निर्देशन तथा छायांकन केशव अधिकारी खत्रीले गरेका हुन् । भिडियोमा राजन महर्जनको कोरियोग्राफी रहेको छ । लाईटिङ्ग सन्ताेष पराजुली र अर्जुन तिमिल्सिनाले गर्नुभएकाे थियाे । यस गितमा मेकअफमा रेजिना श्रेष्ठ गर्नुभएकाे थियाे।

यस भिडियोलाई तृष्णा फिल्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस भिडियोलाई विशाल फिल्ममा हुम गैरेले सम्पादन गर्नु भएकाे थियाे ।यस भिडियाे निर्माणमा बार डिजिटल स्टुडियाे पाेखरा र हार्माेनिक डिजिटल स्टुडियाे काठमाडौ काे सहयाेग पनि रहेकाे छ ।