
बुटवल :- लियो जिल्ला परिषद् ३२५ पी नेपाल अन्तर्गतको एरिया १ को आयोजना र रिजन एक को संयोजनमा सोमबार बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ७० पिन्ट रगत संकलन गरिएको एरिया १ का संयोजक सुनिल कुँवरले जानकारी दिए ।

जसमा लियो क्लव बुटवल मेट्रोसिटी, लियो क्लव बुटवल मनिमुकुन्द युथ, लियो क्लव बुटवल मनिमुकुन्द, लियो क्लव बुटवल खसौली, लियो क्लव खसौली सिटी, लियो क्लव बुटवल खसौली युथ, लियो क्लव बुटवल स्टार, लियो क्लव बुटवल सिटी, लियो क्लव बुटवल सिद्धबाबा, र लियो क्लव बुटवल सेन्ट्रलकाे संलग्नता रहेकाे थियो ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर एमजिएफ लायन पुरुषोत्तम प्रधानाङ्गकाे प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा फर्स्ट भाइस डिस्ट्रिक्ट गवर्नर लायन बालाराम भट्टराई, सेकेन्ड भाइस डिस्ट्रिक्ट गवर्नर लायन सन्दिप कसौधन, लियो क्लब चेयर पर्सन लायन संजय जयसवाल, लियो जिल्ला परिषद् ३२५ पी नेपालका उपाध्यक्ष लियो प्रवीन पौडेल, लियो जिल्ला परिषद् सचिव लियो सुमन पौडेल,लियो जिल्ला परिषद् कोषाध्यक्ष लियो प्रविन गौडेल, सिनियर डिस्ट्रिक्ट प्रेसिडेन्ट एडभाइजर लियो सन्तोष खरेल लगायतका जिल्ला परिषद्का विभिन्न पदाधिकारीहरूका साथै एरिया वानका विभिन्न क्लबका पदाधिकारीहरूको समेत सहभागीता रहेको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानाङ्गले युवाहरूले रक्तदान गर्नु आफैमा राम्रो भएको बताउँदै अरुलाई रक्तदानका लागि अभिप्रेरित गर्ने खालका सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिए ।
एरिया नं १ का एरिया चिफ सुनिल कुँवरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन रिजन १ का रिजन चेयरपर्सन लियो लायन सञ्जीव सुनारले गरेका थिए ।
