सम्पर्क समाजकाे तिज मिलन कार्यक्रम सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 50 Views 1 Min Read

बुटवल :-गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले आयोजना गरेको तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएकाे  छ।

समाजले हिन्दुधर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदानसँगै तिज मिलन तथा दरखाने कार्यक्रमको आयोजना समेत गर्दै आएको अध्यक्ष उषा खत्रीले बताउनुभयो ।

गुल्मी चारपालाबाट रूपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरूको साझा संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले आयोजना गरेको तिज मिलन तथा दरखाने कार्यक्रमको अवसरमा मन्त्री धनेन्द्र कार्कीज्युलाई सम्मान गरिएको थियाे ।गुल्मीबाट निर्वाचित कार्की वर्तमान गठबन्धन सरकारमा लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजन मन्त्री हुनुहुन्छ  ।

गुल्मीदरबार गाउँपालिका- ६ स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका ११ बस्ने कौशिला रानालाई पाँच हजार सहयोग समेत गरिएको उहाँले जानकारी दिनुभयो ।संस्थाकि अध्यक्ष उषा खत्रीको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तथा मन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको विशेष आतिथ्यता रहेको थियो । संस्थाका सल्लाहकार हुमानाथ ज्ञवाली, हेमलाल शर्मा भुसालको आतिथ्यता रहेको थियो । त्यस अवसरमा राष्ट्रिय कलाकार नारायण बिपि परियार, गायिका कल्पना कुसुमको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम संयोजक ढक बहादुर टण्डन रहनुभएको थियो ।