
बुटवल:अर्घाखाँचीको पाँणिनी गाउँपालिका वडा न ७ रिब्दीमा गुल्मीको गुल्मीदरवार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको स्कार्पियो दुर्घटना भएको छ ।
गाउँपालिका महासंघको आयोजनामा दाङमा गाउँपालिकाका प्रवक्ताहरुकाे तालिमको समापन पछि फर्किने क्रममा गुल्मीदरबार गाउँपालिकाकाे स्कार्पियाे गाडी अर्घाखाँची नरपानी र घुम्तीकाे बिच रिब्दिमा दुर्घटना भएको छ ।गाडीमा सवार तिनै जनाको अवस्था सामान्य रहेको छ । घाइतेको सन्दिखर्क अस्पतालमा उपचार भैरहेकाे प्रहरीले बताएको छ।गाडीमा चालक हिमाल राना, सोहीगाउँपालिका वडा न ७ का वडा अध्यक्ष शालिकराम टण्डन र छत्रकोट गाउँपालिका वडा न ६ का वडा अध्यक्ष तथा प्रवत्ता कमल परियार रहेको नरपानी ट्राफिक प्रहरी कार्यालयका सहायक हवलदार छविलाल पोख्रेलले बताए ।

गाउँपालिकाको स्कार्पियो दाङबाट गुल्मी फर्कदै गर्दा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न सकेको छैन ।
