
गुल्मी :-गुल्मी जिल्लामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्याएको छ । रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं १ रातामाटाभन्दा केही माथि धुवाले भन्ने स्थानमा माथिबाट खसेको लेदोसहितको पहिरोले गुडिरहेको लु १ ख ५९२० नंबरको बसको केही भाग पुरेको छ ।
अहिले उक्त स्थानमा सूरक्षाकर्मिको टोली पुगेको छ र बाटो खुलाउने तयारी भइरहेको छ ।

जिल्लाका बिभिन्न स्थानमा बिहानैदेखी अविरल बर्षा भैरहेको छ ।
राजमार्गको तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ । यात्रु सबैजना बसबाट सकुल बाहिर निस्किएका छन् । राजमार्गको रिडी देखि बिरबास २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।
स्रोत अन लाइन खबर
