विभिन्न कार्यक्रमहरुको साथमा बार्षिकोत्सब सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 52 Views 2 Min Read

बुटवल :- नेटअन आईटी साेलुसनले विभिन्न कार्यक्रम गरी आफ्नो छैटौं बार्षिकोत्सब सम्पन्न गरेको छ।

मिति २०८१ भाद्र १ गतेका दिन कस्तुरी मिष्ठान्न भण्डार राजमार्ग चौराहा बुटवलमा आफ्नो छैटौं बार्षिकोत्सव अनौपचारिक उत्सवका साथमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। कार्यक्रमको अवसरमा नेटअन आईटी साेलुसनले हिन्दु नारीहरु महान पर्व हरितालिका तिजकाे शुभकामना आदानप्रदान, कर्मचारी सम्मान, उपस्थित व्यक्तित्वहरुको स्वागत एवं सम्मान कार्यक्रम पनि सम्पन्न गरेकाे छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा बुटवल उ.म.पालिकाका वडा नं१५ का अध्यक्ष शिव राना ज्यु काे उपस्थिति रहेको थियो। उहाँले बुटवल राजमार्ग चाैराहामा प्रधान कार्यलय रहेकाे नेटअन आईटि साेलुसनले बुटवल र आसपासकाे क्षेत्रमा पुर्याएको याेगदानकाे खुलेर प्रशंसा गर्नुभएकाे थियाे । साथै नेटअनका संचालन मधु पन्थले संस्थाले छाेटाे समयमा लोकप्रियता कायम गर्न सफल भएको र रुपन्देहीमा रहेर सुचना प्रबिधि सम्बन्धि कार्यसम्पादन गर्न पाएकाेमा निकै उत्साहित रहेकाे गुल्मीबुलेटिनसँगकाे संवादमा जनाउनु भएकाे थियाे।


यस्तै कार्यक्रममा विभिन्न पेशा व्यवसाय तथा संघ संस्थाका संचालक एवं प्रतिनिधिहरुक पनि उपस्थिति रहेकाे थियाे।रुपन्देही बार एसोसिएसनका पूर्व अध्यक्ष लोकनाथ पन्थ , दीप बोर्डिङ स्कुलका प्रधानाध्यापक टिकाराम न्यौपाने ,मेचीकाली ट्रेड का एवं मन्सून प्लाइका संचालक माधव ज्ञवाली, दारी ग्याङका पूर्व अध्यक्ष प्रदिप गैरे (बर्बरिक) ,प्राईम कमर्सिएल बैंक होराइजन शाखाका प्रबन्धक माधव पन्थ , क्याम्बृज मन्टेश्वरीका संचालक रमेश न्यौपाने, दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेल, Bright LED का संचालक संगित गैरे, ओख्रेनी International का संचालक मित्र लाल कंडेल लगायतका व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुको साथमा दारी ग्याङ रुपन्देहीका सक्रिय सदस्यहरुको पनि कार्यक्रममा उपस्थिति रहेकाे थियो।