
बुटवल : नवलपरासीको बर्दघाट नगरपालिका-१६ मा आज भएको एक मोटरसाईकल दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय रमेश गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।प्रहरीका अनुसार बर्दघाट- त्रिवेणी सडकखण्ड अन्तर्गत बर्दघाट- १६ रसायली चोकमा बर्दघाटबाट बरुवा चोक जाँदै गरेको लु २८ प ५४२० नम्बरको मोटरसाईकलले सोही दिशाबाट जाँदै गरेकोअर्को मोटरसाईकललाई ओभरटेक गर्दा सोही दिशातर्फ नै गईरहेको लु १ ह ४१६३ नम्बरको अटोमा ठक्कर खाएको थियो ।

अटोमा ठक्कर खादाँ उछुट्टिएर अनियन्त्रित भई सडक छेउको होर्डिङ्ग बोर्डमा मोटरसाईकल ठोक्किएको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका मोटरसाईकल चालक गुरुङ्गको चिसापानी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा स्थित मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।
