नेपाली सेनाकाे हेलीकाेप्टर मार्फत सुत्केरीकाे उद्दार।

Deurali Darshan Media
Deurali Darshan Media 64 Views 1 Min Read

सोलुखुम्बु।थुलुङ दुधकोशी अस्पतालबाट दुई नवजात शिशुसहित सुत्केरी महिलाको उद्वार गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका २ कि २४ वर्षीया सुत्केरी रुपा सार्कीको राष्ट्रपति उद्वार कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार दिउँसो काठमाडौ लगिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

गएराती ९:३१ र ९:३६ मा जुम्ल्याहा छोराहरुलाई जन्म दिएकी थिइन । समय अगावै शिशुको जन्म भएको र तौल समेत कम हुँदा आइसियु आवश्यक परेकाले काठमाडौ पठाउनुपरेको कार्कीको भनाई छ।

अप्ठेरो परेको बेला उद्वारका लागि आवश्यक पहल गरिदिएको भन्दै परिवारले गाउँपालिका अध्यक्ष असिम राईसहित प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री लगायत सबैलाई धन्यवाद दिएका छन ।