
बुटवल :- लायन्स क्लब अफ बुटवल सेन्ट्रल तथा लियाे क्लब अफ बुटवल सेन्ट्रलकाे संयुक्त आयोजनामा बुटवल -३, लक्ष्मिनगर स्थित पहिरो प्रभावित क्षेत्रमा विभिन्न प्रजातीका २०० बिरुवा रोप्नुका साथै लक्ष्मीनगर पार्कमा सरसफाई कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पि का डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुर्षोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक गभर्नर पीएमजेएफ लायन बालाराम भट्टराई, द्वितीय भाइस डिस्ट्रीक गभर्नर लायन सन्दीप कसौधन, एरिया ४ का एरिया चिफ लायन दिपक प्रसाद श्रेष्ठ, रिजन १० का रिजन चेयर पर्सन लायन विष्णु प्रसाद उपाध्याय, एरिया सचीव लायन अमृता कार्की पौडेल, जोन २४ का जोन चेयरपर्सन लायन जे. डि. वारसी, क्लस्टर चिफ यमकान्त गैरे तथा लायन्सका सिनियर लायन लिडरहरुको आथित्यता रहेको थियो।

विभिन्न सामाजिक व्यक्तित्वहरु, डिस्ट्रीकका सिनियर लायन लिडरहरु, दुबै क्लबका पुर्व अध्यक्ष हरु, पदाधिकारी तथा सदस्यहरुले विभिन्न प्रकारका २०० बिरुवा रोप्नुका साथै गत बर्ष सोही स्थानमा रोपिएका ३०० बिरुवाको गोडमेल समेत गरेका थिए । सो लगत्तै लक्ष्मीनगर पार्क परिसरमा सरसफाइ कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रिक गभर्नर प्रधानाङ्गले बिरुवा रोपि कार्यक्रमको शुभारम्भ गर्नुहुँदै बाताबरणलाई सन्तुलन कायम वृक्षरोपण कार्यलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । गत बर्ष आफुले रोपेका बिरुवाहरुको संरक्षणमा ध्यान दिएकोमा खुसी ब्यक्त गर्नुभयो ।आँखा उपचार, डायबिटिज, भुखमरी, दैवीप्रकोप, वातावरण, बच्चाको क्यान्सर, युवा जस्ता लायन्स इन्टरनेसनलले तोकेका क्षेत्रमा क्लबले गरेको कार्यले यहाँको सामाजिक क्षेत्रमा निकै ठुलो योगदान पुगेको जानकारी समेत दिनुभयो। यस्ता खालका कार्यक्रमहरुको लागि डिष्ट्रिकबाट आगामी दिनमा हरेक प्रकारका सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम सम्पन्न गर्नमा महत्त्वपूर्ण योगदानको लागी क्लब अध्यक्ष लायन उत्तम अर्यालले कार्यक्रम संयोजक जोन २४ का जोन चियर पर्सन तथा लायन्स क्लब अफ बुटवल सेन्टर का पुर्ब अध्यक्ष लायन जे. डि. वारसीलाई सम्मान गर्नभएको थियो ।
लियो लायन कृष्ण प्रसाद घिमिरेको सन्चालनमा भएको कार्यक्रममा लियो प्रेसिडेन्ट जीवन शर्माको स्वागत मन्तव्य रहेको थियो ।
