अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 20 Views 1 Min Read

बुटवल:-  अखिल (क्रान्तिकारी ) बुटवल उप-महानगरपालिकाद्धारा श्री जन ज्योति आधारभुत विद्यालयमा वृक्षरोपण कार्यक्रम तथा विद्यार्थी भाईबहिनीहरुसंग दिवा खाजा खाएर कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका अध्यक्षता बुटवल नगर कमिटि अध्यक्ष माधव अर्यालको रहेको थियो । प्रमुख अतिथि बुटवल वडा नम्बर ०३ का निर्वाचित वडा अध्यक्ष विष्णु ढकालको रहेको थियो ।

अतिथिमा विधालयका व्यवस्थापनका अध्यक्ष तथा अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव माधब पान्डे , केद्रिय सचिव रुपेश पौडेल तथा रुपन्देहि जिल्ला ईन्चार्ज शौरभ भुषाल , जिल्ला अध्यक्ष कपिल चापागाई , जनज्योति आधारभूत विद्यालयका प्रधानध्यापक विज्जु जि सि कार्की सहित जिल्लाका अखिल ( क्रान्तिकारी ) नेतागणहरुको उपस्थिति रहेको थियो ।