अनेरास्ववियू (क्रान्तिकारी) बुटवल बहुमुखीमा ईकाई कमिटि गठन , प्रमुखमा आचार्य

Deurali Darshan Media
Deurali Darshan Media 11 Views 2 Min Read

बुटवल:-  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  यूनियन(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।

सम्पुर्ण बामपंथी प्रगतिशालि देशभक्ति तथा जनतान्त्रिक बिधार्थीहरु एक जुट हाै भन्ने मुल नारा सहित बुधबार माओवादी केन्द्रका लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद दिपा बिकको प्रमुख अतिथ्यतामा सो छात्रा भेला सम्पन्न भएकाे हाे ।

कार्यक्रमा बाेल्दै बिकले  देशको परिवर्तनका निमित्त ५० प्रतिशत महिलाहरु जनयुद्धमा होमिएकै कारण लामो सङ्घर्ष पछि मात्रै समाबेशी समानुपातिक प्रणाली आएको बताइन। अहिले यो देशको राष्ट्रिपति महिला बन्ने व्यवस्था पनि माओवादीको त्याग र बलिदानी नै आएको बताउदै विद्यार्थीकाे हक हितका निम्ति विद्यार्थीहरु सगँ सधै पार्टीले पनि थप समन्वय  सहकार्य गर्ने बताए।

त्यस्तै प्रदेश सदस्य टिकावलीले अहिले सबै महिलाको लागी बनेको यो व्यवस्था महिलाकै बलिदानीले आएको बताउदै संबिधानमा सुनिश्चित  भएको हाम्रो हक अधिकारका लागी हामी सधै लागीरहनुपर्ने बताए । क्याम्पस कमिटी अध्यक्ष अध्यक्ष शिव बहादुर खवासले बिगतका दिनहरुमा पनि बिध्यार्थीका हरेक समस्या समाधान गर्दै अखिल क्रान्तिकारी अगाडि बढिरहेको बताउँदै अगामी दिनमा पनि यस क्याम्पस बिध्यार्थी अनकुलका बिभिन्न सृजनात्मक र रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गरे ।

उक्त छात्रा भेलाले बुटवल बहुमुखी क्याम्पस कमिटी ईकाइकाे छात्रा बिभाग प्रमुखमा सिर्जु आचार्यको नेतृत्वमा ३४ सदस्यीय विभाग गठन गरेको छ । भने उपप्रमुखमा भावना रेग्मी ,बिमला पाेखरेल, सुस्मिता केसी ,शुसिला भण्डारी,सपना जिसी, सम्झना ज्ञवाली रहेका छन । यस्तै सचिवमा सपना पुरी, सहसचिवमा गोमा भण्डारी ,दिपिका न्यौपाने,कृष्ण विक रहेका छन भने सदस्य जुना नेपाली, मनिषा पाण्डे, सृजना खरेल लगायत ३४ सदस्य रहेका छन।

उक्त भेलामा माओवादि केन्द्रका लुम्बिनी प्रदेशका सदस्य टिका बली ,छात्रा बिभाग केन्द्रिय सदस्य रिया बस्नेत अनेरास्ववियू क्रान्तिकारी लुम्बिनी प्रदेश उपाध्यक्ष अम्बिका परियार प्रदेश सदस्य ज्योति थापा लगायतको उपस्थित रहेको थियो भने क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समिति अध्यक्ष शिव बहादुर खवास संगमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने सचिव किरण महत्तराले गरेका थिए ।