
काठमाडौं । हेमनाथ खरेलको ‘ कैलाशपति शिबजी ’ भजन गीत सार्वजनिक भएको छ । साउन महिनाको अवसर पारेर सार्वजनिक गरिएको भजनमा रामचन्द्र चन्द, कमला पोखरेल, नन्दु परियार र बिन्दु वि.सि. को स्वर रहेको छ ।
उक्त गीतको संगीत खिम नन्द खरेलको रहेको छ । जसको भिडियो खिम नन्द खरेलले नै निर्देशन गरेका हुन् । यस्तै, गीतको भिडियोमा यशु भटराई, शिबजी क्षेत्री, सन्तोष लम्साल, हरिकृष्ण राजथला, नुर भण्डारी र आशा वि.सि. को अभिनय छ ।

त्यस्तै, गीतको भिडियो शिबजी क्षेत्रीले छायांकन गरेका हुन् , भने भिडियोको सिनेमेटोग्राफरमा बसन्त बिजि महर्जन रहेका छन् । त्यसैगरी, उक्त भिडियोको एरेन्ज कृष्ण भान्जाले गरेका छन् , सम्पादन / कलर अमृत चापागाईले गरेका छन् । उक्त गीतको रेकर्डिस्टमा कमल थापा र गोबिन्द अनेक रहेका छन् , भने मिक्सिङ / मास्टरिङमा श्यामश्वेत रसाइली रहेका छन् ।
