शिवशक्ति स्वास्थ्य आमा समुह द्वारा आयोजित “बदले सोच बदलिन्छ जीबन” ध्यान शिविर सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 355 Views 1 Min Read

बुटवल :-  शिवशक्ति स्वास्थ्य आमा समुहद्वारा एक दिने ध्यान शिविर सम्पन्न भएको छ। बुटवल स्थित शिवशक्ति आमा समुहको आयोजनामा शिविर शनिबार सम्पन्न भएको हो।शिविरमा शारीरिक अभ्याससँगै ध्यान, योग र साधनाका विधिको चर्चा गर्दै प्रयोगात्मक अभ्यास गराइएको थियो।


बुटवल-११ ,कालिकानगर का तिनबटा टोलका १०० जनाले भाग लिएको शिविरमा जीबन बिज्ञान प्रशिक्षक लक्ष्मी गैरे, अनिता भुर्तेल , अन्जु बस्नेत लगाएतका प्रशिक्षकले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्ष रन्जना थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न उपाध्यक्ष तारा लम्सालको स्वागत मन्तब्य, सचिव राधिका भट्टराईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बुटवल वडा नं -११का अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख अतिथ्यतामा , शिवटोलका अघ्यक्ष शालिकराम पौडेल अतिथ्यता, जनकृरी टोल विकास संस्थाका अध्यक्ष नेत्रप्रसाद भट्टराई , शितलनगर टोल विकास संस्थाका अध्यक्ष सीता बस्नेत , शिवलाय मन्दिरका अध्यक्ष रुद्रप्रसाद भण्डारी , शिवलाय मन्दिरका पुजारी गोबिन्द प्रसाद कोइराला र महिला दिदिबहिनिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। संयोजक उषा खत्रीले योग ध्यान र प्राणायमको महत्त्वबारे चर्चा गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र क्षेत्रीले योग ध्यान को बारेमा दैनिक रुपमा लागू गर्नु पर्ने बताउनु भएको थियो ।शितलनगर टोल का अध्यक्ष सिता बस्नेत र शिवलाय मन्दिरका अध्यक्ष रुद्र भण्डारी ले शुभकनमना मन्तव्य राख्नु भएको थियो ।