
गुल्मी :-गुल्मीको श्रीङ्गामा इलेक्ट्रिक गाडी दुर्घटना भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ४ श्रीङ्गा देउरालीमा आज अपराहन्न इलेक्ट्रिक EV गाडी दुर्घटनामा परेको हो।
लु १ ज ००३२ नम्बरको इभी गाडी दुर्घटनामा परेको र दुर्घटनामा कुनै मानवीय क्षति नभएको श्रृङ्गा प्रहरीले जनाएको छ।गएरातीदेखि नै यस क्षेत्रमा पानी परेको हुनाले बाटो चिफ्लो भएर गाडी दुर्घटनामा परेको प्रहरीको अनुमान छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

