गुल्मीमा ट्याक्टर दुर्घटना : एक बालकको मृत्यु , दुईको अवस्था गम्भीर

Deurali Darshan Media
Deurali Darshan Media 18 Views 1 Min Read

गुल्मी :-गुल्मी को  सदरमुकाम  तम्घास   नजिकै ट्याक्टर   दुर्घटना हहुँदा   एक  जना  बालकको  ज्यान  गएको  छ  ।

घाइते  दुई  जना  युवाको   अवस्था   गम्भीर   रहेको   छ  ।तम्घास  सिमलटारी सडकखण्डको  रायढुंगामा छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २   दुनानका    ७  वर्षीय  बालक  शिव वि।क को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार, मृतक बालक टिकाराम वि।क का छोरा हुन् । उनी ट्याक्टरका सहचालकसँग नाता पर्ने भएकोले ट्याक्टरमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकोमा  गुल्मी अस्पतालले मृत घोषणा गरेको थियो । ट्याक्टर सडकबाट अन्दाजी ६०र७० मिटर तल खसेको थियो ।

ट्याक्टर चालक धुर्कोट गाउँपालिकम ५ बस्तु बस्ने २६ वर्षीय दिपक गोतामे र सहचालक बाग्लुङ्गको वडिगाड गाउँपालिका घर भई हाल जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास बस्ने १९ वर्षीय राज कुमार वि।क। घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । बालक हिजो मात्रै दुनाम बाट हिजो मात्रै दुनामबाट  बाबुले भारतबाट पठाएको पैसा लिन भनि तम्घास आएको उनकी फुपु भुमाकुमारी बिकले बताईन ।