
बसन्त पञ्चमी र प्रेम दिवसका अवसरमा सबैप्रति मंगल कामना
हास्य विधामा आधारित टेलिचलचित्र ‘भद्रगोल’ बाट सुरु भएको हाम्रो यात्रा ‘सक्किगोनि’ सम्म आइ पुग्दा १० वर्ष पूरा भएको छ । यति लामो यात्रामा अनवरत रुपमा अगाध एवं प्रगाढ रुपमा सद्भाव, प्रेम र माया प्रदान गर्ने दर्शकहरुप्रति हामी कृतज्ञ छौँ, आभारी छौँ ।

कलाकारितामार्फत नेपाली समाजमा भएका विषय उठान गर्ने, पहिचान र गौरवसँग जोडिएका विषयलाई प्रबर्धन गर्ने कुरामा हामी संवेदनशील रह्यौँ । यस क्रममा कलाका विभिन्न रसको प्रयोग गर्यौँ । समाजका अनेक पात्रको प्रयोग गर्यौँ ।
कलाकारिताको दौरानमा हामीले अर्को जमर्को गर्दैछौँ । बसन्त पञ्चमीको पुनीत अवसर पारेर आज हाम्रो टीम (सक्किगोनि) ले नयाँ चलचित्रको नाम पोष्टरमार्फत सार्वजनिक गर्दैछौँ ।
हामीलाई विश्वाश छ, यहाँहरुबाट यस अघि प्राप्त भएको सद्भाव, प्रेम हामीले निरन्तर पाइरहनेछौँ ।
हामी यहाँहरुबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक सुझावप्रति अनुग्रहित हुनेछौँ ।
