कोरोनाको नयाँ भेरियन्ट घातक कम , तर संक्रामक धेरै

केपि-१

Deurali Darshan Media
Deurali Darshan Media 25 Views 1 Min Read

काठमाडौ :-नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब–भेरियन्ट ‘केपी’ संक्रामक भए पनि कडा खालको नभएको बताइएको छ।

सरुवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो। ‘यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने, ‘तर दीर्घरोगी भएका बिरामीले भने सतर्कता अपनाउनुपर्दछ।’

कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रूप लिन सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ। ‘केपी.१’  १२ जनामा, ‘केपी.२’ १७ जनामा तथा ‘केपी.३’ र ‘केपी.४’ एक-एकजनामा देखिएको थियो।