माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

Deurali Darshan Media
Deurali Darshan Media 37 Views 1 Min Read

गुल्मी:- गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ ।

एक जना घाइते भएका छन् । घर लिप्ने माटो खन्नेक्रममा माथिबाट माटोको ढिस्को खस्दा रेसुङ्गा नगरपालिका १४, पराल्मी चौराहाका ५५ वर्षीय बिष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाकारी दिनुभएकाे थियाे।

उपचारको क्रममा अपरान्ह ४ बजेर ४० बजेको समयमा बिष्णुको मृत्यु भएको चिकित्सकले घोषणा गर्नुभथिएकाे थियाे। ढिस्कोले पुरिएर सोही स्थानका ५४ वर्षीय हुमकला राना घाइते हुनुभएको छ । घाइते रानाको कम्मरमा चोट लागेको छ । जिल्ला अस्पताल तम्घासमा उहाँको उपचार भइरहेको जानकारी दिनुभएकाे थियाे।

शनिबार दिउँसो छ जना घर लिप्ने माटो खन्न गएका थिए । अन्य चार जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभएकाे थियाे ।