चिदिका रुपन्देही सम्पर्क समाजकाे क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 27 Views 2 Min Read

बुटवल :- चिदिका रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष बि.सं. २०८१ सालकाे अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम गरेको छ ।

बुटवलमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्धाखाची क्षेत्र नं १का प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री माननीय चेतनारायण आचार्यज्युले कार्यक्रमा समाजले प्रकाशन गरेको क्यालेन्डर विमोचन गर्नुभएकाे थियाे । उक्त अवसरमा प्रमुख अतिथि चेतनारायण आचार्यज्युले नयाँ वर्षको शुभकामना दिँदै चिदिका रुपन्देही सम्पर्कले गरेकोे कार्य प्रशंसनीय भएको बताउनुभएकाे थियाे ।

कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम अर्याल समाजकाे गतिविधि प्रकाश पार्नुका साथै नयाँ वर्ष २०८१काे शुभकामना व्यक्त गर्नुभएकाे थियाे।

कार्यक्रममा चिदिका रुपन्देही सम्पर्क समाजका सल्लाहाकार निबर्तमान अध्यक्ष ईश्वरी ज्ञवाली, रुपन्देही ठुलापाेखरा समाजका अध्यक्ष ज्ञान प्रसाद पाैडेल,रुपन्देही निर्माण व्यवसायीका अध्यक्ष मन्जु ज्ञवाली, प्रदेश नं ५ कोष तथा लेखानियन्त्रक प्रमुख दिपक ज्ञवाली,डिभर्ना सम्पर्क समाजका बाबुराम क्षेष्ठ,पिडिखाेला रुपन्देही सम्पर्क समाजका धनश्याम चापागाई , जिल्ला समन्वय समितिका कमल ज्ञवाली, गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका सल्लाहकार लक्ष्मण अर्याल ,लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियो ।

समाजका अध्यक्ष केशव राज पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ वर्षको उपलक्ष्यमा सु-स्वस्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गदै क्यालेण्डर प्रकाशनमा विज्ञापन दिई संस्थालाई सहयोग गर्नुभएकाेमा विज्ञापन दाताहरुलाई धन्यवाद दिनु भएकाे थियो।

कार्यक्रमको सञ्चालन सचिव जिवनाथ अर्यालले गर्नुभएकाे थियाे । कार्यक्रममा क्यालेन्डर प्रकाशन समिति संयोजक तथा  सह सचिव हेमनाथ ज्ञवाली ज्युले स्वागत मन्तव्य राख्नुभएकाे थिए ।

कार्यक्रममा सम्पर्क समाजकी उपाध्यक्ष गिता ज्ञवालीले समाजका हरेक क्रियाकलापमा सक्रियभई संस्थालाई अगाडि बढाउन सहयोग गर्न सल्लाह प्रदान गर्नुहुने सल्लाहाकार प्रती धन्यवाद ब्यक्त तथा नया वर्ष २०८१काे शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।