
बुटवल :- गुल्मी चारपाला रुपन्देही सम्पर्कले नया वर्ष बि .सं. २०८१ सालकाे अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलस्थित बुटवल पब्लिक स्कुलमा आयोजित समारोहमा प्रमुख अतिथि पाेष्टराज अर्यालज्युले कार्यक्रमा समाजले प्रकाशन गरेको क्यालेन्डर विमोचन गर्नुभएकाे थियाे । उक्त अवसरमा प्रमुख अतिथि पाेष्टराज अर्यालज्युले नयाँ वर्षको शुभकामना दिँदै गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गरेकोे कार्य प्रशंसनीय भएको बताउनुभएकाे थियाे । उहाले आगामी दिनमा आफू पनि हरेक प्रकारले समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे थियाे।

कार्यक्रममा धुर्काेट सम्पर्क समाज रुपन्देहीका सदस्य शिवलाल पराजुलीले कार्यक्रमको सफलताको शुभकामना तथा नया वर्ष २०८१काे शुभकामना व्यक्त गर्नुभएकाे थियाे।
कार्यक्रममा समाज सल्लाहाकार निबर्तमान अध्यक्ष हुमनाथ ज्ञवाली, गाेविन्द अर्याल ,लक्ष्मण अर्याल, हेमलाल भुषाल, बल बहादुर टण्डन लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थिए। सम्पर्क समाजले प्रतेक वर्ष जस्तै यस बर्षपनि एक घर एक क्यालेन्डर कार्यक्रम अन्तरगत रुपन्देहीमा ५०० र चारपालामा १५०० क्यालेन्डरवाडिने सम्पर्क समाजका कार्यक्रम संयाेजक तथा काेषाध्यक्ष काजिमान टण्डनले बताउनु भएकाे थियाे ।
समाजकि अध्यक्ष उषा खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ वर्षको उपलक्ष्यमा सु-स्वस्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त क्यालेण्डर प्रकाशनमा विज्ञापन दिई संस्थालाई सहयोग गरेकोमा विज्ञापन दाताहरुलाई धन्यवाद दिनुको साथै समाजका हरेक क्रियाकलापमा सक्रियभई संस्थालाई अगाडि बढाउन सहयोग गर्न सल्लाह प्रदान गर्नुहुने सल्लाहाकार प्रती धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रमको सञ्चालन सचिव विकाश टण्डनले र स्वागत मन्तव्य संस्थाकी सहसचिव सामित्रा टण्डन ( सविना) ज्युले समाजिक कार्यक्रममा अग्सर हुँदै समाजिक कार्यमा हैशला गर्नुभएकाे मा धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
