ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु

Deurali Darshan Media
Deurali Darshan Media 35 Views 1 Min Read

चितवन :-  काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउपालिका -५ पृथ्वी राजमार्गस्थित मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटार स्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार ट्याक्सीमा रहेका पाँचै जनालाई नदीबाट  मृत अवस्थामा निकालिएको जानकारी दिए ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । गोरखा नगरपालिका ७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको  डिएसपी भण्डारीले जानकारी दिए।