
गुल्मी :-गुल्मीको छत्रकोट गाउँपालिकामा महिलाहरूको लागी १ महिने हलुका ड्राइभिङ्ग तालिम र पुरुषहरुको लागी १ महिने सैलुन ( कपाल काट्ने ) तालिम सम्पन्न भएको छ ।
गत फागुन ११ गतेदेखि संचालन भएको एक महिने हलुका ड्राइभिङ्ग तालिम र गत फागुन १६ गतेदेखि संचालन भएको एक महिने सैलुन ( कपाल काट्ने ) तालिम बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अनुसार लक्षित वर्गका नागरिकलाई तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो थियाे।
एक महिने हलुका ड्राइभिङ्ग तालिम गाउँपालिकाभित्र रहेका लक्षित वर्गका बाह्र जना महिलालाई दिइएको थियो ।
