६२ वार्षिय वृद्धले दिए एसईई परिक्षा

Deurali Darshan Media
Deurali Darshan Media 102 Views 1 Min Read

गुल्मी :– गुल्मीमा ६२ बर्षकाे  उमेरमा  वृद्धले  माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएका छन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नं ६ फुर्कोट दहका टीकाबहादुर कुँवरले गाउँकै एक परिक्षा केन्द्रबाट एसईईको परिक्षा दिएका हुन् ।कुँवरले गाउँपालिकामै अबस्थित म्यालपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट परिक्षा दिएको केन्द्राध्यक्ष प्रेमबहादुर बोहोराले जानकारी दिए छन् । कुँवर पृथ्वी माध्यमिक विद्यालयबाट नियमित तर्फका विद्यार्थी हुन् ।

पढ्ने चाहाना हुँदाहुँदै विशेष परिस्थितिले पढाई रोकिएको परिक्षार्थी कुँवरले बताए थिए  । ´मेरो सानैदेखि पढ्ने चाहाना थियो तर केही कारणले सानैमा छोड्नु पर्यो, ´उनले भने`,´ मैले त्यही सानै उमेरमा देखेको सपना पूरा गर्न नाति सङ्गै परीक्षा दिन आएको हुँ ।`

उनले आफ्नै नाति सङ्ग माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा दिएका हुन् । उनका नाति अंकित कुँवर गाउँकै पृथ्वी माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत नियमित विद्यार्थी हुन् । हजुरबुबा नाति सङ्गै गएर एसईईको परिक्षा दिएपछी समाजलाई चुनौती दिएका छन् । म्यालपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट १७४ जना एसईई परिक्षामा सहभागि भएका छन् ।

उनले आफुमा इच्छा शक्ति भए जस्तोसुकै परिस्थितिमा जस्तोसुकै कठिनाइ पनि वहन गर्न सकिन्छ भन्ने अठोट सहितको समाजमा सकारात्मक सन्देश दिएका छन् ।