
बुटवल :- बुटवलको मैनाबगरमा सन्चालित यसाेद्धा सप्लायर्स भएको आगलागीमा एक करोड भन्दा बढीको क्षती भएको छ।
रुपन्देहीको तिलोत्तमा ३ शंकरनगर बस्ने अर्जुन पोखरेलले सञ्चालन गरेको उक्त मोटर पार्टस पसलमा गएराती करीव १० बजे आसपास आगलागी भएको प्रहरीले जनकारी दिएकाे छ।

आगलागीबाट पोखरेलको यसोदा सप्लायर्स र संगैको होटल समेत जलेर पुर्ण रुपमा क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलले जनकारी दिएकाे छ।
मोविल, रबर र प्लाष्टिकका सामाग्रीहरु समेत भएका कारण पसलमा लागेको आगो तत्कालै फैलिएको थियो। आगो लागेको सुचना पाउना साथ पुगेको बुटवल उपमहानगरपालिकाका २ वटा दमकल स्थानीय बासिन्दा र प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको पसलधनी अर्जुन पोखरेलका भाई मिन प्रसाद पोखरेलले बताए छन्।
१० बर्ष देखि सन्चालनमा रहेको उक्त पसलमा भएको आगलागीबाट सम्पुर्ण सामान जलेको र एक करोड भन्दा बढीको क्षती भएको पोखरेलले बताएका छन्।
