
बुटवल :-गुल्मी दरबार गाउपालिका -०३ , गाैडाकाेट धुम्टि निवासी सपना विश्वकर्मा हराएकाे ५ महिना पुगि सक्दा पनि परिवारकाे सम्पर्क हुन सकेकाे छैन।
बुटवलकाे पाखापानी बस्दै आएकि १३ वर्षिया सपना विगत पाँच महिनादेखि हराएकी छन् । उजिरसिंह मावि बुटवलमा कक्षा ७ मा पढ्ने सपना विश्वकर्मा गत कात्तिक ३ गते सांझदेखि हराएकी हुन् ।

छोरी हराएपछि इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरिरदिन निवेदन दिएपनि हालसम्म फेला नपर्दा परिवारमा चिन्ता छाएको बुबा लक्ष्मण विश्वकर्माले बताए । प्रहरीले चासो दिएर तदारुकतासाथ खोजी गरिदिएमा छोरी भेटिन सक्ने आशा आफूहरुको भएको उनले बताए ।
आफूले व्यक्तिगत खर्च गरेर खोजतलास गर्ने खर्च र सामथ्र्य नभएकाले प्रहरीको आश र भरोसा गरेको उनले बताए । सपनालाई कतै देखेमा नजिकको प्रहरी चौकी वा परिवारको मोबाइल नम्बर ९७६८२८२४४६ मा सम्पर्क गरिदिन बुबा लक्ष्मणले सबैसंग अनुरोध गरेका छन् ।
