
बुटवल :- गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले नि:शुल्क स्वास्थय शिविर गर्ने भएकाे छ ।
चैत्र महिनाकाे अन्तिम हप्ता अर्थात यही चैत २९ गते बिहीवार गुल्मीकाे गुल्मी दरबार गाउँपालिका ६ ईश्वरी माविकाे प्राङ्गडमा विहान ८ एकदिने निःशुल्क स्वास्थ्य शिबिर गर्ने कार्यक्रम संयाेजक राजेश के.सीले जानकारी गराउनु भएकाे छ ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय र साझा हस्पिटल रुपन्देही ८ बुटवलको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा महिलारोग बिशेषज्ञ सेवा , हाडजोर्नी तथा नसारोग बिशेषज्ञ सेवा , फेमिली फिजिसियन सेवा , सुगर परिक्षण , निदान गरिएको रोगको नि:शुल्क औषधी वितरण सेवा लगायतका सेवा प्रदान गरिने छ ।
निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरी अस्वास्थ्य चारपालाका नागरिकहरुलाई स्वास्थ्य बनाउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको जानकारी समाजकि अध्यक्ष उषा खत्रीले जानकारी दिनुभएकाे थियाे ।
शिविरमा डाक्टर प्रदिप कुमार श्रीवास्तव , डाक्टर लक्ष्मण शर्मा , डाक्टर जीवन थापा , डाक्टर कृष्ण खनाल , डाक्टर संगिता पाण्डे , डाक्टर नियम मुसलमान , डाक्टर प्रवेश्वर घिमिरे , डाक्टर विकास अर्याल लगायत साझा हस्पिटल प्रा लि बुटवल र गुल्मी अस्पातलमा कार्यरत बिशेषज्ञ डाक्टरले सेवा दिनुहुनेछ ।
