
गुल्मी :- गुल्मी दरबार गाउपालिका वडा नं ६,७मा सन्चालित युनाईटेड हेल्थ एण्ड फिट्नेस क्लव तथा दरबारदेउराली दर्शन सेवा समाजद्वारा गरिदै आएकाे स्थापना दिवस एवं बार्षिक उत्सव सस्थाका संस्थापक सदस्य, सल्लाहकार एवम् सहयाेगी लाेकेन्द्र जि.सी. काे अकल्पनीय तथा असमयिक निधनले सबै शाेकस्तब्ध भएकाेहुदा कुनै पनि कार्यक्रम नगरिएकाे युनाईटेड हेल्थ एण्ड फिट्नेस क्लबका अध्यक्ष ईन्द्र बहादुर थापाले जानकारी गराउनु भएकाे थियाे ।
लाेकेन्द्रकाे अकल्पनीय एवं असामयिक निधन प्रति दुख व्यक्त गर्दै उनको योगदानको स्मरण गर्दै क्लबका पदाधिकारीहरुले निजकाे निवासमै उपस्थित भई समवेदना समेत प्रकट गरेको छन्। साथै क्लबले यस वर्षकाे वार्षिक उत्सवकाे अवसरमा आयाेजना हुने भनिएका सम्पूर्ण औपचारिक र अनौपचारिक कार्यक्रमहरु समेत बन्द गर्ने निर्णय गरेको हो । मृतक जि.सीकाे स्मरणमा क्लबमा शोक पुस्तिका स्मरणमा राखिने दरवारदेउराली दर्शन सेवा समाजका अध्यक्ष कमल प्रसाद अर्यालले जानकारी गराउनु भएकाे थियाे ।

