
गुल्मी :- गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न भएकाे छ ।
गुल्मीदरबार गाउँ पालिकालभित्र विभिन्न कारणले अविवाहित रहेका महिला र पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिए काे गाँउपालिकाकाे कार्यलयले जनाएकाे छ।

गुल्मीदरबार गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ को वार्षिक स्वीकृति सामाजिक सुरक्षा कार्यक्रम शिर्षकमा विनियोजित भएको बजेट बाट २०८० साल साउन देखि पुस सम्मको अविवाहित महिला १८ जना र पुरुष १६ जना गरि गाउँपालिका भित्रका ३४ जना अविवाहित नागरिकलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै सभाका सभापति गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले यस्तो कार्यक्रम विरलै स्थानिय तह हरुमा मात्र भएको बताउनु भऐकाे थियाे । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले तपाईं हरुलाई दिएको यो सेवा नहटाउने प्रतिबद्धता ब्याक्त गर्दै बजेटले भेटे सम्म अझ बढी सेवा दिने बताउनु भएको थियो।
कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी सातै बडाका बडा अध्यक्ष कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण गुल्मीदरबार गाउँपालिका सामाजिक विकास शाखा प्रमुख नवराज घिमिरेले गर्नु भएको थियो।
