खुम्बु पासाङल्हामु गाउँपालिका फुड एन्ड बिभ्रेज तालिम सम्पन्

Deurali Darshan Media
Deurali Darshan Media 39 Views 1 Min Read

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लामा ८ दिने वारिस्टा कफी  फुड एन्ड बिभ्रेज तालिम सम्पन् भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका तथा पासाङल्हामु फाउन्डेसनको संयुक्त आयोजनामा गत शुक्रवारबाट सुरु गरिएको तालिम आज समापन गरिएको हो ।

क्याफे व्यवसाय गर्न इच्छुक युवाहरू तथा कफी क्याफेमा काम गरिरहेका वारिस्टाहरुको सिप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो । गाउँपालिका भित्रका स्थानीय पर्यटन मजदुरहरूलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन गर्नका लागि तालिम आयोजना गरिएको उहाँको भनाई छ ।

स्थानीयहरूका लागि स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको भनाई छ ।

पासाङल्हामु फाउण्डेशनका महासचिव छोकी शेर्पाको सभापतित्वमा तालिमको समापन गरिएको जनाएको छ ।

गाउँपालिकाले यस अघि दुई पटक वारिस्टा कफी फुड एन्ड बिभ्रेज तालिम दिएको थियो । तालिममा २५ जना स्थानीयहरूको सहभागिता रहेको थियो । सहभागिहरुलाई तालिम पश्चात् प्रमाणपत्र समेत प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।