ठुलापोखरा माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 20 Views 2 Min Read

गुल्मी :-  गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर -७ मा रहेको ठुलापोखरा माध्यमिक बिद्यालयले आफनो ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सप्पन्न गरेको छ।कार्यक्रममा समाजमा रहेका ब्याक्ती हरुको नाममा स्थापना भएका विभिन्न बिधामा रहेका अक्षकोष बाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरु लाई पुरस्कृत गरिएको थियो।

सोही अवसरमा गुल्मीदरबार गाउँपालिका बडा न.६ र ७ का युवा हरुले स्थापना गरेको युनाइटेड हेल्थ एन्ड फिटनेस क्लबले १० जना गरिव तथा जेहेन्दार बिद्यार्थीहरु लाई छात्रवृत्ति वितरण गरेको थियो। कार्यक्रममा बिधालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बिधालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेगाले बढदो बसाइँसराइ लाई रोक्न सामुदायिक बिधालयहरुले शैक्षिक गुणस्तरमा ध्यान दिनुपने कुरालाई जोड दिनुपर्ने बताउदै गाउँपालिका सधैं साथमा रहेको बताउनु भएको थियो।

उक्त कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी बडा न.७ का बडा अध्यक्ष शालिकराम टन्डन गंगा आधारभूत बिधालयका प्रधानाध्यापक इन्द्र थापा,ईश्वरी माध्यमिक बिधालयका प्रधानाध्यापक हरि बहादुर कार्की शारदा माध्यमिक बिधालयका प्रधानाध्यापक जिवलाल पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण अर्यालको सभापतित्व गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेगाको प्रमुख आतिथ्य र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल,गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी को विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रमको सहजीकरण सोही बिधालयका शिक्षक अर्जुन अर्यालले गर्नु भएको थियो।