नेपालमै उत्कृष्ट बन्यो लुम्बिनी प्रादेशिक अस्पताल

Deurali Darshan Media
Deurali Darshan Media 38 Views 1 Min Read

बुटवल :-  बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालका सबै सरकारी अस्पतालहरुलाई पछि पार्न सफल भएको छ ।

सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पता तेस्रो पटक प्रथम हुन सफल भएको हो ।स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिका अनुसार न्यूनतम मापदण्ड मुल्याङ्कनमा अस्पतालले यो वर्ष ८९ अङ्क प्राप्त गरेको छ ।

अघिल्लो वर्ष ८० अङ्क प्राप्त गरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्बेक्षण पश्चात मँगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्याङ्कन तथा समीक्षा गोष्ठिमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

मुल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौं रहेको छ ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

साभार :- खबरकुरा डटकम