
समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयां नेतृत्व सर्वसम्वत रुपमा निर्वाचित भएको घोषणा निर्वाचन समितिले गरेको थियो ।
तर एक समुहले अध्यक्ष टिकाराम गौतम माथी आर्थिक हिनाविनाको आरोप लागेकाले यसको सत्यतथ्य छानविन गर्नुपर्ने बताएको छ ।कार्यालय परिसरमा जम्मा भएका व्यवसायीहरुले अध्यक्ष गौतम माथी छानविन हुनुपर्ने बताए ।व्यवसायी महेन्द्र कार्कीले हालै नवनिर्वाचत अध्यक्ष गौतम पदमा रहदा यस अघि ०७५ असोज २१ ग्ते दुर्घटना भएको सवारीको विमाबाट समेत मुद्धा हारेको र उक्त फाईल नं। ८० बाट ८ लाख ३३ हजार भ्रष्टचार गरेको भन्दै भ्रष्टचारीलाई अध्यक्षमा स्वीकार गर्न नसक्ने बताउनुभयो ।

निर्वाचन मण्डललाई विलबुकमा फोटो भएपनि कमाई खाने गाडि नभएका, विवादमा नआएका व्यक्तिलाई नेतृत्वमा ल्याउन म्यानडेट दिएपनि उक्त प्रतिबद्धता जनाए जस्तो नेतृत्व नआएको भन्दै उहांले अध्यक्ष गौतम बाहेक अरुको नेतृत्वका बारेमा आफुहरुले सोच्न सकिने बताउनुभयो ।
साथै उनले निर्वाचन समितिबाट आफुहरुलाई धोका भएको समेत बताउनुभयो । उहांले मतदान गर्न पाउने अधिकारलाई बञ्चीत गरेर पद नखुलाई फाराम भराएर आकांक्षीहरुलाई नेतृत्व बाहिर राख्ने काम गरेको बताउनुभयो ।
त्यस्तै अर्का व्यवसायी डिल्लीराम रिजालले निर्वाचन मण्डलले निष्पक्ष निणर्य गर्नका लागि अधिकार दिएपनि विलबुकेहरुलाई नेतृत्वमा ल्याइएको बताउनुभयो । साथै उहांले नीतिगत भ्रष्टचार गर्नेहरुले संस्थालाइ अगाडि बढाउन नसक्ने समेत बताउनुभयो । बाईट‘२ । समितिको हालै मात्र भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष खुल्लामा कृष्ण ठकुरी, उपाध्यक्ष रुपन्देही बसन्ती आले र नारायाणप्रसाद रेग्मी, नवलपरासी उपाध्यक्षमा खुमबहादुर विसी, नवलपुर उपाध्यक्षमा शाभाकान्त पाण्डेय, काठमाण्डौ उपाध्यक्षमा देवेन्द्र वानिया, गुल्मी, पाल्पा स्याङजा उपाध्यक्षमा निरज केसी, कपिलवस्तु, अर्घाखांची उपाध्यक्षमा उज्वल केसी, महासचिव खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष शंकर लम्साल सर्वसम्वत रुपमा निर्वाचित भएका थिए ।
त्यस्तै समितिको सदस्यमा दुर्गाबहादुर कार्की, काशीनाथ पोखरेल, भूमिराम गैरे, ठाकुर खड्का, रनबहादुर कंडेल, हुमनाथ आचार्य, गोकुल शर्मा, खगेश्वर काफ्ले, रमेश भुसाल र राजकुमार लामा निर्वाचित भएका छन ।
साभार :- नागरिक अनलाईन
