करेन्ट ओरिएन्टल फ्लेभर फ्री टेस्टिङ्ग आजदेखी १० दिनसम्म हुँदै

Deurali Darshan Media
Deurali Darshan Media 396 Views 1 Min Read

बुटवल :- नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले उत्पादन गरेकाे ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ्ग हुने छ ।

भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो । हालको लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ ।

उपत्यका भित्र रहेका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग आजदेखि १० दिनसम्म चल्नेछ ।