
चितवन : मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले नेपाली कथानक चलचित्र ‘ हात्तीछाप ’ को द जिएमआई रेड कार्पेट प्रिमियर शो गरेको छ ।
मिडिया हाउसले भरतपुरको सिजी मलमा रहेको चितवन सिनेप्लेक्समा चलचित्र ‘ हात्तीछाप ’ को रेड कार्पेट प्रिमियर शो गरेको हो । सो कार्यक्रमलाई द जिएमआई एकेडेमीले मुख्य प्रायोजन गरेको थियो ।

कार्यक्रममा आयोजक लक्की मिडिया हाउस चितवनका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि काठमाडौं बाहिरको एक मात्र संस्थाको रुपमा लक्की मिडिया हाउस चितवन स्थापित हुँदै गएको बताए ।
मिडिया हाउसले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि चर्चित कलाकारहरुको साथमा पत्रकार सम्मेलन, रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो गर्दै आइरहेको कार्कीको भनाइ छ ।
लक्की मिडिया हाउसले विभिन्न विधामा सम्मान कार्यक्रम, विभिन्न गायन, नृत्य प्रतियोगिता साथै मिडियाले प्रत्येक वर्ष लक्की फिल्मी अवार्ड कार्यक्रम गर्दै आएको कार्कीले बताए ।
मिडिया हाउसकै आयोजनामा आगामी वि.सं. २०८१ असार ८ गते भरतपुरमै लक्की फिल्मी अवार्डको अर्को संस्करण गर्ने तयारी गरिरहेको कार्कीले जानकारी दिए ।
चलचित्र ’ हात्तीछाप ’ को द जिएमआई रेड कार्पेट प्रिमियर शो लक्की मिडिया हाउस चितवनका सल्लाहकार तथा वरिष्ठ समाजसेवी हेमराज पौडेलको अध्यक्षतामा भएको थियो ।
लक्की मिडिया हाउस चितवनका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले संयोजन गरेको कार्यक्रममा चलचित्र ’ हात्तीछाप ’ का निर्माता तथा अभिनेता किरण नेपाली, चलचित्र ’ हात्तीछाप ’ का कलाकार तथा निर्माता पुष्कर गुरुङ, चर्चित अभिनेता सौगात मल्ल, अभिनेता विनोद न्यौपाने, चर्चित अभिनेत्री उपासना सिंह ठकुरी, द जिएमआई एकेडेमीका प्रमुख कार्यकारी निर्देशक महेश लामिछने लगायतका अतिथिहरु उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन आयुष न्यौपानेले गरेका थिए ।
