सुरेन्द्र बसेलको निर्देशनमा ‘ मदहोस ’ बोलको गीत सार्वजनिक ( भिडियो सहित )

Deurali Darshan Media
Deurali Darshan Media 72 Views 1 Min Read

निराज रानाभाट, काठमाडौं । मायाका कुरा समेटिएको गीत ‘ मदहोस ’ सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक बुद्ध लामाको आवाज र ममता गुरुङको फिचरिङ रहेको छ ।

लेखु सहयात्रीले संगीत गरेको गीतका शब्द सुजन कोइरालाले लेखेका हुन् । उक्त गीतको भिडियोमा आकाक्षां तामाङ र तुलसी मगरको अभिनय देख्न सकिन्छ । गीतको एरेन्ज बिशाम आचार्यले गरेका छन, भने मिक्स / मास्टरिङ सजन शाहले गरेका छन ।

यस्तै, उक्त गीतको भिडियो सुरेन्द्र बसेलले निर्देशन गरेका छन । फिचर्ड भिडियोको कोरियोग्राफी रोहित बसेलले गरेका हुन् । दिनेश पराजुलीले खिचेको भिडियो सम्पादन भने राकेश दाहालले गरेका छन । भिडियोमा श्रृङ्गार पूनम चौधरीले गरेकी छिन, भने गीतमा संगीत सम्योजन विषम आचार्यको रहेको छ । गीतको भिडियोमा मिडिया पार्टनरको रुपमा जन अपडेट रहेको छ ।