समाजद्वरा स्थापना दिवशको अवशरमा बाल गृहलाई खाद्यान्न सहयोग

Deurali Darshan Media
Deurali Darshan Media 37 Views 2 Min Read

गुल्मी – गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले खाद्यान्न सहयोग गरेको छ ।

समाजले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा सिद्धार्थ बाल गृहलाई खाद्यान्न सहयोग गरेको हो ।मायादेवि गाउँपालिका – ८ लुम्बिनी रोड भैरहवामा रहेको सो बाल गृहलाई स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरिएको हो।

सिद्धार्थ बाल गृहका संचालक कृष्णमाया गुरुंगले बोल्दै मानविय सेवा जस्तो पवित्र सेवाको कार्यक्रममा गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले गरेको सहयोगप्रति धन्यवाद प्रकट गर्नुभयो ।गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले निरन्तर गर्दै आएको अध्यक्ष खत्रीले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा संस्थाबाट दुई महिना लाई पूग्ने दैनिक उपभोग्य सामग्री सहयोग गरिएको उल्लेख गर्नुभयो । भैरहवा घर भई हाल क्यानडामा बस्दै आउनु भएकी रोमा भुसालले रू.दश हजार बराबरको खाद्यान्न, सो समाजकी अध्यक्ष उषा खत्रीले व्यक्तिगत रूपमा किशोरीहरुलाई सेनिटरी प्याड तथा श्रृङ्गारका सामग्री समेत सहयोग गर्नुभएको थियो ।

 

 

उषा खत्रीको अध्यक्षता, मायादेवि गाउँपालिका -८ का वडा अध्यक्ष चोक बहादुर थापा, वडा सदस्य लक्ष्मण अर्यालको राेहबरमा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।संस्थाका सल्लाहकार हेमलाल शर्मा, गोबिन्द अर्याल, लक्ष्मण अर्याल, सवित्रा टण्डन, कर्ण बहादुर टण्डन, शंकर ज्ञवाली, कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको हो ।

कार्यक्रम संयोजक कुल बहादुर महत र वडा नम्बर -५ का संयोजक लुब ब हादुर ढेंगाले एक खाने तेल, कार्य समिति सदस्य रमेश कार्कीले २ पेटी चाउचाउ, सागर डेरिका संचालक सूर्य सुवेदीले दुध सहयोग गर्नुभएको थियोे ।

आयोजक संस्थाकी अध्यक्ष उषा खत्रीको अध्यक्षता वडा संयोजक लुब बहादुर ढेंगाको स्वागत तथा संस्थाका सचिव विकास टण्डनको संचालन रहेको थियो । यस संस्थाले स्थापनासँगै सामाजिक सहयोग र सेवाको कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ।