गुल्मी चारपाला रूपन्देही समाजको साधारण सभासँगै वनभोज कार्यक्रम

Deurali Darshan Media
Deurali Darshan Media 40 Views 1 Min Read

गुल्मी । सामाजिक कार्यमा परोपकारी संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको पाचौं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सांसद धनेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, नवलपरासी जिल्ला पश्चिम बर्दघाटका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको विशिष्ट आतिथ्यता रहेको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनुभयो ।

सो अवसरमा गुल्मी दरबार गाउँपालिकाबाट सहभागी जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, विभिन्न सघ संस्थाका प्रतिनिधि , मीराकोषका अध्यक्ष, संस्थाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार, कलाकारहरू, कार्यसमितिका पदाधिकारी, विभिन्न वडाका संयोजक, आजिवन सदस्य, साधारण सदस्य लगायतको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

सोही अवसरमा संस्थालाई योगदान पुर्याउनु भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संस्थाकि अध्यक्ष खत्रीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष ढक बहादुर टण्डनको स्वागत तथा सचिव विकास टण्डनको सञ्चालन रहेको थियो ।

सोहि अवसरमा मृगौला पीडित मिलन लाङटाङे रू .१० हजार १ सय सहयोग गरिएको थियो ।२०७५ सालमा स्थापना भएको सो संस्थामा आजीवन र साधारण सदस्य गरि २ सय ४४ जना रहेका छन् ।अध्यक्ष खत्रीका अनुसार साधारण सभामा २०७५ सालमा स्थापना भएको संस्थाको साधारण सभामा रू.११ लाख १४ हजार ९ सय ८४ रूपैयाको आय-व्यय बिवरण प्रस्तुत गरिएको थियो