बुटवलको फुलबारीमा शाइन रेसुङ्गा बैंकका कर्मचारी झुण्डिएको अवस्थामा फेला

Deurali Darshan Media
Deurali Darshan Media 26 Views 1 Min Read

बुटवल: साइन रेसुङ्गा बैंकका एक कर्मचारी बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा फेला परेका छन्। बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले बताए।

शर्मा बुटवलको ट्राफिकचोक शाखामा कार्यरत रहेका थिए । आज बिहान फुलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए। -ग्लोबल आवाज