
चितवन :- माडीको गर्दी गाउँमा भएको सवारी दुर्घटनामा माडी २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको छ ।
शनिवार साँझ करीब ६ बजे माडी नगरपालिका-१ गर्दीमा बाइकलाई एक सवारी साधनले ठक्कर दिँदा वडा सदस्य लुईंटेलको घटनास्थलमै मृत्यु भएको हो ।

बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकलमा बनकट्टाबाट बरुवातर्फ आउँदै गर्नुभएका वडा सदस्य लुईंटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गाइरहेको सवारी साधनले ठक्कर दिएको बुझिएको छ ।
ठक्कर दिएको सवारी साधन ट्रयाक्टर हुनसक्ने माडी प्रहरीको अनुमान छ । ठक्कर दिने सवारी साधनको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको हो । दिवंगत लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
