
सुदीप ज्ञवाली , बुटवल :- गुल्मी दरबार गाउपालिका ६,बान पोखरा घर भै भारतको गुजरातमा काम गर्दै आउनु भएका दल बहादुर विक गुजरातबाट फ़र्कने क्रममा बुटवल बाट हराउनु भै परिवार संग सम्पर्क विहीन हुनु भएको थियो।
परिवारको कमाउने मान्छे नै हराए पछि उनको परिवारमा आर्थिक सङ्कट आई अवस्था अत्यन्तै दयनिय भएको भने खबर सुन्दा दुःख लागेको भन्दै धर्म बीर खत्री र उषा खत्री को छोरी स्नेहा खत्री ले आफ्नो तलब बाट १०,०००/- रक़म छुट्टयाउनु भएकाे थियाे ।

निज दल वहादुर विक र कमला बिक का छोरा सुशील बिक लाई थप पठनपाठनको लागि सहयोग होस भनी रकम हस्तान्तरण गरिएको गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको माध्यम द्वारा कार्यसमिति सदस्य रमेश कार्कीले हस्तांतरण गरिएको कुरा गुल्मीबुलेटिन डट कम सँगको कुराकानीको क्रममा बताउनु भएको थियो ।
