विश्वकप क्रिकेट सेमिफाइनल : भारतले टस जितेर ब्याटिङ राेज्याे

Deurali Darshan Media
Deurali Darshan Media 1.6k Views 1 Min Read

काठमाण्डाै :– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलमा न्युजिल्यान्डसँगकाे खेलमा भारतले टस जितेकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा भारतका कप्तान राेहित शर्माले टस जितेर ब्याटिङ राेजेका छन् । रातकाे समयमा मैदानमा शीत पर्ने सम्भावनाका कारण याे खेलमा टसकाे भूमिकालाई महत्त्वपूर्ण मानिएकाे थियाे ।

याे विश्वकपमा मुम्बईमा भएकाे चार खेलमा पहिले ब्याटिङ गर्ने टिमले ३ पटक र पहिले बलिङ गर्ने टिमले १ पटक जितेका छन् ।भारत याे विश्वकपमा सबै खेल जित्दै सेमिफाइनलमा पुगेकाे हाे भने न्युजिल्यान्ड ९ मध्ये ५ खेल जितेर चाैथाे स्थानमा रहँदै अन्तिम ४ मा पुगेकाे हाे ।समूह चरणकाे खेलमा धर्मशालामा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएकाे थियाे ।