देशभर भुकम्पकाे धक्का ,जाजरकोट केन्द्रबिन्दु

Deurali Darshan Media
Deurali Darshan Media 33 Views 1 Min Read

बुटवल :- देशभर भुकम्पकाे धक्का महशुस गरिएको छ। बिशेष गरेर लुम्बिनी र गण्डकी क्षेत्रमा ठुलो धक्का महशुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताऐ ।

राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए । काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।