
बागलुङको जैमिनीमा सोमबार बेलुका दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन्। जैमिनी नगरपालिका-२, पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच झगडा र कुटपिट हुँदा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।:
