
बुटवल:- पाल्पाकाे रानिमहल नजिकै गाडी दुर्घटना भएको छ। तानसेनबाट रानीमहल तर्फ जांदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परि ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेकाहरु तिनजना महिला, दुई बालबालिका र एक पुरुष रहेका छन्। यद्दपी उनिहरुलाई उद्धार गरि अस्पताल लगि नसकिएकोले मृत्यु घोषणा भने भएको छैन।

दुर्घटनामा परि एक जना गम्भिर घाईते भएका छन्। घाईतेको उद्दार गरि उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका ईन्चार्ज प्रहरी नायब निरिक्षक राजकुमार चापागाईले जानकारी दिए।
घटनास्थल रानिमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा रहेको छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठभिरबाट दुर्घटनामा परेको उक्त जिप सडकदेखि ७० मिटर भन्दा तल छांगोमा खसेको प्रहरी नायब निरिक्षक चापागाईले जानकारी दिए।
घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भईरहेको प्रहरीले जनाएको छ। गाडीमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बांकि रहेको प्रहरीले जनाएको छ।
